गोरखा । गोरखा अस्पतालका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
गत कार्तिक ६ गते आइतबार दिउँसो साँढे चार बजेतिर बिरामीको चेकजाँच गरिरहेका डाक्टर पराजुलीमाथि उनिहरुले कुटपिट गरेका थिए ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका-९ का २८ वर्षीय समिर कुवँर, सोहि ठाउँका १९ वर्षीय अनुप बस्नेत र गोरखा नगरपालिका-३ का २६ वर्षीय प्रमोद जंग कुवँर रहेका छन् ।
केही दिन देखी फरार रहेका उनीहरुलाई शनिवार पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक सोमदास ढकालले जानकारी दिए ।


