काठमाण्डाै । सरकारी कार्यालय साेमबारबाट मात्रै खुल्ने भएका छन् । हिजाे भाईटिका र आज शुक्रबार सरकारले सार्वजानिक विदा दिएसंगै सम्पूर्ण कार्यालयहरु साेमबारबाट मात्रै खुल्ने भएका हुन् ।
कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि गरिएको सार्वजनिक बिदा आइतबारसम्म रहनेछ ।
योसहित यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको छ।
भोलि शनिबार तथा पर्सि आइतबार छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाे छ ।