• आइतबार, साउन २४ २०८३

फिल्म ‘तिम्रो मेरो साथ’को गीत सार्वजनिक (भिडिओ)


सोमबार, कार्तिक ७ २०७९
925
Shares

रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘तिम्रो मेरो साथ’ को गीत सार्वजनिक भएको छ।

सोमबार लक्ष्मी पूजाको अवसर पारेर ‘रुमालै बाटेर’ बोलको गीत सार्वजनिक गरिएको हो। जगदिश समाल र मेलिना राईको स्वर रहेको गीतमा बि पाण्डेको शब्द र सुवाष भुषालको संगीत छ। यो गीतलाई उदयराज पौडेलले संयोजन गरेका हुन्। 

गीतको भिडिओमा अभिनेता पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र सन्दीप क्षेत्रीलाई देख्न सकिन्छ।

फिल्ममा पुष्प, साम्राज्ञी र सन्दीपसँगै खड्क बहादुर पुन (खबपु), सरोज खनाल, दिपिशा केसीलगायतको अभिनय छ। फिल्मको कथा शबिर श्रेष्ठ र बाबुराम निरौलाले तयार पारेका हुन्। 

आर्यन फिल्मस् तथा बोधी एच डी ब्यानरमा निर्माण भएको फिल्मको निर्माता पासाङ लामा, आर्यन पौडेल र अर्नव पौडेल हुन्।

शिव ढकालको छायांकन गरेको फिल्मलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्।

यो फिल्म पुस २९ गतेदेखि प्रदर्शन हुँदैछ।

पौडेल यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन्। उनले ‘रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्ती’लगायत फिल्म निर्माण गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार