
गोरखा । गोरखा अस्पतालका डाक्टर अविनाश पराजुलीलाई कुटपिट गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न गोरखा अस्पतालले माग गरेकाे छ ।

आइतबार दिउँसो साँढे चार बजेतिर बिरामीको चेकजाँच गरिरहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट भएको थियो उक्त कारणले अस्पतालका सम्पूर्ण कर्मचारीहरुले दोषि माथि कानुनी कारवाहीकालागि प्रशासन सँग माग गरेका हुन् ।
‘आफ्नो कार्यकक्षमा सेवाका लागी खटिएका चिकित्सकमाथि आक्रमण हुँदा अस्पतालका सम्पुर्ण कर्मचारीहरुले असुरक्षित महशुस गरेका छौँ, प्रदेशकै एउटा नमुना अस्पताल बनाउन लागि परेका हामी सबै कर्मचारीको मनोबल गिरेको छ’ बिज्ञप्तीमा भनिएको छ ।
‘हामी दिनरात चाडबाड महामारी नभनी हाम्रो हैसियतले भ्याएसम्म सेवा प्रदान गर्दै गर्दा पनि अस्पतालका स्वास्थ्य कर्मीमाथि कुटपिट भएको छ, दोसीलाइ कारबाहीमा नल्याउदा सम्म चरणार्थ रुपमा बिरोधका कार्यक्रम घाेषणा गर्छौ ’ बिज्ञप्तीमा भनिएको छ ।
