• आइतबार, साउन १० २०८३

सिरानचोकका अलपत्र नागरिक लिन काठमाण्डौ हिडेको बस गजुरीबाटै फर्काइयो


मंगलबार, बैशाख १६ २०७७
1.5K
Shares

साँकेतिक तस्विर

गोरखा । लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिक लिन सिरानचोक गाउँपालिकाले पठाएको बस प्रहरीले राजमार्ग बाटै फिर्ता गरेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय गोरखामा भएको सर्वपक्षिय बैठकमा निर्णय भएअनुसार अलपत्र परेका नागरिकलाई स्थानीय तहले ब्यवस्थापन गरी सुरक्षित रुपमा ल्याउने निर्णय गरे अनुसार सिरानचोकले मंगलबार ८ वटा बस काठमाण्डौ पठाएको थियो ।

मंगलबार बिहान गोरखाबाट गएको ८ वटै बसलाई धादिङको गजुरीबाट प्रहरीले फिर्ता गरेपछि गाउँपालिकाले दुख ब्यक्त गरेको छ ।

मंगलबार बेलुका प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष राजु गुरुङले भनेका छन ‘समस्यामा परेका महानुभवहरुको आ–आफ्नो बासस्थानमा फिर्ता हुन पाउने अधिकारलाई आत्मा सम्मान गर्नुको सट्टा अदालतको समेत आदेशको संघिय सरकारले वर्खिलाप गरेको छ’ विज्ञप्तीमा भनिएको छ ‘यस कार्यप्रति गाउँपालिका खेद प्रकट गर्दछ ।’

स्वास्थ्य जाँच गरी सुरक्षित पूर्वक अलपत्र परेका नागरिकको उद्धार गर्न खोज्दा सरकारले नै यातायात लगायतमा सिण्डिकेट लाद्न खोजेको गाउँपालिकाको आरोप छ ।

सिरानचोक गाउँपालिकाले नागरिकलाई गाउँ ल्याउन तयारी स्वरुप मंगलबार करिब ३ सय जनालाई स्वास्थ्य परिक्षणका लागि काठमाण्डौ स्थित ग्रिन सिटी अस्पतालमा बोलाएको थियो ।

तर बस बाटोबाटै प्रहरीले फर्कादिएपछि उनिहरु अन्योलमा परेका थिए । दिनभरीको कसरत पछि पनि बस पठाउन नसकिएपछि उनिहरुलाई साविककै वासस्थानमा फिर्ता पठाउन आफुहरु बाध्य भएको गाउँपालिका अध्यक्ष गुरुङले सिभिलखबरलाई बताए ।

मंगलबारको प्रयास सफल नभएपनि अन्य प्रकृया मार्फत आफ्ना नागरिकलाई उद्धार कार्य जारी राख्ने गाउँपालिकाले जनाएको छ ।

हेर्नुस प्रेस विज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार