• आइतबार, साउन १० २०८३

रोट्र¥याक्ट गोरखाले दियो प्रहरीलाई मास्क र स्यानिटाइजर


मंगलबार, बैशाख १६ २०७७
1.1K
Shares

गोरखा । रोट्र¥याक्ट क्लब अफ गोरखाले गोरखाका प्रहरीलाई मास्क र स्यानिटाइजर सहयोग गरेको छ ।

कोरोना भाइरसको जोखिमबाट बच्न फिल्डमा खटिने प्रहरीको प्रयोगका लागि भन्दै क्लबले ४ सय थान सर्जिकल मास्क र १ सय ४५ थान स्यानिटाइजर सहयोग गरेको हो ।

सहयोग सामाग्री क्लबका अध्यक्ष विपिन पोखरेलले जिल्ला प्रहरी कार्यालयका एसपी ओम प्रसाद अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसको महामारी फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनमा समेत बिभिन्न क्षेत्रमा कृयाशिल प्रहरीहरुको सुरक्षाका लागि क्लबले सो सामाग्री सहयोग गरेको सचिव शिवहरी तिमिल्सिनाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार