• शुक्रबार, भाद्र २६ २०८३

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ पुस १५ देखि प्रदर्शन हुने


आइतबार, कार्तिक ६ २०७९
815
Shares

प्रवीण झा निर्देशित फिल्म ‘डिसेम्बर फल्स’ को प्रदर्शन मिति घोषणा गरिएको छ। 

शुक्रबार निर्माण टिमले दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो। यो फिल्म आगामी पुस १५ गतेदेखि प्रदर्शन हुनेछ।

दुई पोस्टरमध्ये एउटामा अभिनेता आर्यन सिग्देललाई रिसाहा अवतारमा देख्न सकिन्छ भने अर्काे पोस्टरमा अभिनेत्री उपासना सिंह ठकुरी नर्सको पोसाकमा रगताम्मे हातले एउटा आँखा छोपेको देख्न सकिन्छ।

रोमान्टिक थ्रिलर जनरामा निर्माण भएको फिल्ममा आर्यन र उपासनासँगै सलोन बस्नेत, शिवहरि पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायत कलाकारको अभिनय छ। 

महेश आर गुप्ताले छायांकन गरेकाे फिल्मका प्रस्तुतकर्ता तथा निर्माता रामप्रसाद रिजाल हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार