
प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अनुसन्धान गर्न आज चौथोपटक दुई दिनको म्याद पाएको छ । बलात्कारको आरोप लागेका उनलाई पुनः म्याद थप्न जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

सन्दीपलाई यसअघि पहिलोपटक सात दिन, दोस्रोपटक पाँच दिन र तेस्रोपटक चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
अनुसन्धान गर्न थप समय आवश्यक भएकाले हिरासतमा राख्न अनुमति मागिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
उनका अनुसार प्रहरीले चाँडो मुद्दा बुझाउने गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरी वृत्त गौशालाबाट उनीविरुद्धको मुद्दाको अनुसन्धान भइरहेको छ ।
एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।


