• शुक्रबार, भाद्र २६ २०८३

आजको मौसम पूर्वानुमान !


आइतबार, कार्तिक ६ २०७९
800
Shares

देशका अधिकांश स्थानको मौसम आज आइतबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

अहिले बिहान सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भाग र प्रदेश १ को तराई भेगमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यता सफा रहेको छ।

आइतबार दिउँसो प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार