• आइतबार, साउन २४ २०८३

गोरखामा ट्याक्टर दुर्घटना हुदा चालककाे मृत्यु


शनिबार, कार्तिक ५ २०७९
925
Shares

गोरखा । गोरखामा ट्याक्टर दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । गोरखाकाे भिमसेन थापा गाउँपालिका ६ अश्राङ्ग घर भएका बर्ष २२ का सुनिल भट्टकाे दुर्घटनामा परी मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

तान्द्राङ्ग खाेलामा रहेकाे खेतबाट धान पराल लिएर अश्राङ्ग जादै गरेकाे ना ६ त ५८६९ नम्बरकाे ट्याक्टर भित्तामा ठाेकिएर पल्टदा साेही ट्याक्टरका चालक भट्टकाे घटनास्थलमै ज्यान गएकाे प्रहरीकाे भनाई छ । शुक्रबार बेलुका करिब साढे ७ बजे भएकाे दुर्घटना भएकाे प्रहरीकाे भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार