• शनिबार, साउन ९ २०८३

गोरखा अपडेट : कुन पालिकामा कति जनाको भयो कोरोना परिक्षण ? (विवरण सहित)


सोमबार, बैशाख १५ २०७७
1.5K
Shares

गोरखा । गोरखामा विदेशबाट आएका नागरिकको कोरोना परिक्षण सकिएको छ ।

गोरखा घर भई भारत लगायत बिभिन्न देशमा रोजगारी, अध्ययनका सिलसिलमा गएर फर्केकाको द्रुत परीक्षण विधि (आरडिटी) र शंकास्पदको ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको परीक्षण गरेको थियो ।

हालसम्म गोरखामा त्यस्ता नागरिकको ५ सय ४७ जनाको आरडिटी र २८ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

तर हालसम्म गोरखामा कसैको पनि पिसिआर नतिजा भने पोजेटिभ नदेखिएको कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले सिभिलखबरलाइ जानकारी दिए ।

गोरखा नगरपालिकामा १ सय ६८ को आरडिटी परिक्षण हुदा पालुङटार नगरपालिकामा पिसिआर ४ जना र ५३ जनाको आरडिटी परिक्षण भएको छ ।

त्यस्तै बारपाक सुलिकोटमा ४३ जनाको आरडिटी र ३ जनाको पिसिआर भएको कार्यालयले जनाएको छ ।

यसैगरी सिरानचोक गाउँपालिकामा ३ जनाको पिसिआर र ३१ जनाको आरडिटी, अजिरकोटमा ३४ जनाको आरडिटी, आरुघाटमा ७ जनाको पिसिआर र २९ जनाको आरडिटी भएको कोरोना फोकल पर्सन अर्यालले बताए ।

गण्डकी गाउँपालिकामा २९, चुमनुब्री गाउँपालिकामा ४९ र भिमसेन थापा गाउँपालिकामा २३ जनाको आरडिटी परिक्षण भएको छ भने धार्चे गाउँपालिकामा दुई जनाको पिसिआर र ३५ जनाको आरडिटी, शहिद लखन गाउँपालिकामा ३ जनाको पिसिआर र ५३ जनाको आरडिटी परिक्षण भएको हो ।

त्यस्तै गोरखा अस्पतालमा आएका बिरामीको शंकास्पद मध्ये ६ जनाको पिसिआर परिक्षण गरिएको थियो । पिसिआर परिक्षण गरिएका सबैमा नेगेटिभ नतिजा देखिएको कार्यालयले पुष्टी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार