• शुक्रबार, भाद्र २६ २०८३

होटल, रेष्टुरेन्टले मेनुमा सेवा शुल्क र भ्याट जोड्न नपाउने


शुक्रबार, कार्तिक ४ २०७९
850
Shares

होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीहरूले अब मेनुमा सेवा शुल्क र भ्याट रकम जोड्न नपाउने भएका छन्। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल व्यवसायीहरूलाई मेनुमा उल्लेख भएबाहेक उपभोक्ताबाट अतिरिक्त रकम नउठाउन सचेत गराएको छ।

विभागले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विभागले होटल रेष्टुरेन्टलाई सचेत गराएको हो।

‘सबै होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीले उपभोक्ता मेनुमा वस्तु तथा सेवाको मूल्य उल्लेख गर्दा नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमका सेवा शुल्क तथा कर रकमसहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्नु हुन र सो मूल्यमा कुनै अतिरिक्त मूल्य नलिनुहुन सुचित गरिन्छ.’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

होटल तथा रेष्टुन्टले अतिरिक्त सेवा शुल्कका नाममा रकम लिने गरेको गुनासो विभागमा आएकाले सचेत गराएको विभागले जनाएको छ।

यद्यपि यो सूचना पालना नगरेमा नियमअनुसार होटल रेष्टुरेन्टलाई कारबाही हुने समेत विभागबाट जारी विज्ञप्तिमा उल्लेख छ।


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार