• आइतबार, साउन २४ २०८३

घाटामा नेपाल, भित्रनेभन्दा बाहिरिने रकम बढी


शुक्रबार, कार्तिक ४ २०७९
580
Shares

नेपालबाट बाहिर जाने कुल रकमको तुलनामा भित्रिने रकम कम रहेको छ। बाहिरने र भित्रिने रकमको स्थिति अर्थात् शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ।

यो साउन र भदौ महिनाको तथ्याङ्क हो।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको साउन र भदौ महिना अवधिमा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति चालू आर्थिक वर्षको दुई महिना अवधिमा १८ करोड ५९ लाखले घाटामा रहेको राष्ट्र बैंकले बताएको छ। 

चालू आर्थिक वर्षको दुई महिना अवधीमा  चालु खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्ब ८ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालु खाता साउन र भदौं महिना अवधिमा २९ करोड १७ लाखले घाटामा रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार