धादिङ । लायन्स क्लब अफ निलकण्ठ धादिङको अध्यक्षमा जीवन कुमार श्रेष्ठ चयन भएका छन् ।
बर्ष २०२०/२१ का लागि श्रेष्ठ अध्यक्षमा सर्वसमत चयन भएका हुन ।
त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा दीपक अधिकारी, द्धितिय उपाध्यक्षमा गोविन्द भण्डारी, सचिव इश्वर धरेल र कोषाध्यक्षमा रामचन्द्र गिरी चयन भएका छन् ।
यसैगरी पिआरओमा प्रविन कुमार श्रेष्ठ, मेम्बर चेयर पर्सनमा लोकमान बर्जाचार्य, टेमर इन्द्र कुमार श्रेष्ठ र क्लब निर्देशकमा अशोक अधिकारी सर्वसमत चयन भएको क्लबले जनाएको छ ।
क्लबको एड्भाइजरमा इश्वर कुमार श्रेष्ठ चयन हुदा एलसीआइएफमा भने दीपक कोइराला र रिपोर्टिङ अफिसरमा इश्वरी प्रसाद पाण्डे चयन भए ।
त्यस्तै सल्लाहकारमा नारायण कुमार श्रेष्ठ र किशोर कुमार श्रेष्ठ निर्विरोध भएको बताइएको छ ।