• आइतबार, साउन २४ २०८३

फ्राइडे रिलिजः हलमा ‘के घर के डेरा’ र ‘नालापानी’


शुक्रबार, कार्तिक ४ २०७९
655
Shares

आज शुक्रबारदेखि हलमा दुई नेपाली फिल्मसँगै एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्।

नेपाली फिल्मतर्फ दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’ र ऐतिहासिक फिल्म ‘नालापानी’ तथा विदेशी फिल्मतर्फ ‘ब्ल्याक एडम’ प्रदर्शनमा आएका हुन्।

काठमाडौंमा बसोबास गर्नेको संघर्ष देखाइएको फिल्म ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, बाल कलाकार आयुशी ढकाल लगायतको अभिनय छ।

फिल्मको कथा सिंगे लामाले तयार पारेका हुन्। ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्म निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन्। 

रिमेश अधिकारीले निर्देशन गरेको फिल्म ‘नालापानी’मा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, जनक बर्तौला, सुशिल खड्का, हिक्मत थपलिया, गीता अधिकारी, देव गुरुङ, गीत विष्ट, विराज थपलिया, अल्पना कर्माचार्य, सरिता राजोध्याय, युग जंग कार्की, विशाल पहारी, विजय विष्फोट, इसान विजु श्रेष्ठ, महाविर विश्वकर्मालगायत कलाकारको अभिनय छ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण गरिएको हो।

फिल्म प्राचार्य रामराजा कुँवर र प्राडा. धनबहादुर कुँवरले लिखित ‘वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित छ। फिल्मको कथा निर्देशक अधिकारी र कृष्ण आचार्यले तयार पारेका हुन्। फिल्ममा मनोज शाक्यको लगानी रहेको छ।

जाउमे कोलेट सेराले निर्देशन गरेको फिल्म ‘ब्ल्याक एडम’ मा ड्वेन जोन्सन, भियोला डेविस, पियर्स ब्रोसनन, एल्डिस होजलगायत कलाकारको अभिनय छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार