सुदिप श्रेष्ठ
गोरखा । शहिद लखन गाउपालिका ८ बुङकोटका किसानहरुलाई धान काट्ने चटारो बढेको छ ।
तिहार नजिकिएकोले बुङकोट स्थित ज्यादुलखोलामा खेति गर्दै आएका किसानहरु भने धान काट्नमै ब्यस्त छन् ।
बिहानैदेखि उनीहरू समूहसमूहमा मिलेर धान काटिरहेका छन् । केही दिनदेखि धान काट्ने काममा भ्याइनभ्याइ भएको किसान कृष्ण बहादुर श्रेष्ठले बताए ।
यसवर्ष दशैं पर्व र धान पाक्ने समय एकैपटक भएपछि दशैंको बेलामा धान स्याहार्ने चटारो रहेको उनले बताए । ‘दशैंको दिन मात्र काम गरेनौं । नत्र हरेक दिन धान स्याहार्नमा ब्यस्त छौं ।’ उनले भने । परिवार, छरछिमेक, नातागोता आफन्त मिलेर अर्मपर्म गरी धान काट्दा खुसी मिलेको पनि उनले बताए ।
पछिल्लो समय कृषि कर्मका लागि श्रमिक नपाइरहेको अवस्थामा केही अत्याधुनिक मेसिन पनि भित्रिएको छ । जसले किसानलाई बाली भित्र्याउन अथवा अन्य बाली लगाउन सजिलो भएको किसान कुमार श्रेष्ठले बताए ।
‘निर्वाचनका बेला उम्मेदवार गहकिला प्रतिबद्धता ल्याएर आउछन, चुनाव जितेर गएपछि किसानको अवस्था सोध्नका लागि समेत अाउदैनन । उनले भने, ‘ किसानले समयमै रासायनिक मल पाउदैनन् ।’ गहकिलो धानको बालाले किसानलाई खेतमा काम गर्न हौसला मिलेको किसान धन बहादुर कोइरालाले बताए ।
‘पहिला कृषि कर्मका लागि श्रमिक पाउनै सकस हुन्थ्यो, अहिले साना किसानले अत्याधुनिक मेसिन ल्याएपछि हामी जस्ता किसानलाइै धेरै सहयोग मिलेको छ,’ उनले भने, ‘ पछिल्लो समय कृषि कर्मका लागि श्रमिक नपाइरहेको अवस्थामा केही अत्याधुनिक मेसिन पनि भित्रिएको कोइरालाले बताए ।






