• आइतबार, साउन २४ २०८३

गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने


शुक्रबार, कार्तिक ४ २०७९
965
Shares

गाेरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले तिहारमा राति ९ बजेसम्‍म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको छ ।

विहिबार एक सूचना जारी गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने गोरखा प्रशासनले निर्णय गरेको हो ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारलाई लक्षित गरेर गरिएका देउसी भैलो कार्यक्रम गर्दा पटका, आतसवाजी, झिरझिरे, भुइचम्पा जस्ता विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, जुवातास, कौडा खेल्न नपाइने समेत आग्रह गरेको छ ।

प्रशासनले अखाध्य, रंग मिसाएको खाद्य पदार्थ उत्पादन र विक्री वितरण गर्न नपाइने, म्याद गुज्रिएका र कमसल खाद्य बस्तु विक्री वितरण नगर्न, तोकिय भन्दा बढि मुल्य नलिन आग्रह गरेको छ । चाडपर्वमा नियमविपरीत काय गर्नेलाई कानुन अनुसार कारवाही गर्ने प्रशासनले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार