• शनिबार, साउन ९ २०८३

सिरानचोकका नागरिकलाई ग्रिन सिटी अस्पतालमा स्वास्थ्य परिक्षण गराएर मात्रै ल्याइने


सोमबार, बैशाख १५ २०७७
875
Shares

गोरखा । लकडाउनका कारण काठमाण्डौमा समस्यामा परेका नागरिकलाई सिरानचोक गाउँपालिकाले घर ल्याउने तयारी सुरु गरेको छ ।

सिरानचोक क्षेत्रमा घर भई हाल काठमाण्डौमा बसोबास गर्दै आएका नागरिकलाई ल्याउनका लागि यस अघि १६ सदस्यिय सम्पर्क समिति समेत गठन गरेको गाउँपालिकाले आउन चाहानेको अनिवार्य स्वास्थ्य परिक्षणको ब्यवस्था मिलाएको जनाएको छ ।

जसका लागि काठमाण्डौ स्थित ग्रिन सिटी अस्पतालमा उनिहरुको चेकजाँच गरिने गाउँपालिकाले ब्यवस्था मिलाएको अध्यक्ष राजु गुरुङले बताए ।

कोरोना भाइरसको सम्भावित जोखिम र संक्रमण फैलिन नदिन स्वास्थ्य जाँच पछि मात्रै आफ्ना नागरिक ल्याउने तयारी गाउँपालिकाको छ ।

‘हामीले यसअघि नै सम्पर्क समिति बनाएर तथ्यांक संकलन सुरु गरिसकेका छौ’ गाउँपालिका अध्यक्ष गुरुङले भने ‘तर आउन चाहानेको अनिबार्य स्वास्थ्य परिक्षण गरेर मात्रै ल्याउछौ, जसले भोलीका दिनमा गाउँमा सम्भावित जोखिम कम गरोस भन्ने उदेश्य हो ।’

गाउँपालिकाले ८ वटै वडाका वडाध्यक्ष र निर्माण भएका १ सय ५२ वटा कोरोना प्रतिकार्य समितिसँग छलफल गरेर समस्यामा परेकालाई घर ल्याउन निर्णय गरेको जनाएको छ ।

जसअन्तरगत पहिलो चरणमा वडा न १ केराबारी, वडा न २ थालाजुंग, वडा न ३ हर्मी र वडा न ६ गाखु घर भई काठमाण्डौमा रहेका नागरिकको स्वास्थ्य परिक्षण हुनेछ ।

उनिहरुको १६ गते मंगलबार बिहान ६ बजेदेखि ८ बजेसम्म ग्रिन सिटी हस्पिटलमा स्वास्थ्य परिक्षणको ब्यवस्था मिलाइएको अध्यक्ष गुरुङको भनाई छ ।

साथै वडा न ७ र ८ का नागरिकको समेत मंगलबार नै स्वास्थ्य परिक्षण गरिने उनले बताए ।

त्यस्तै वडा न ४, वडा न ५, ७ र ८ का नागरिकलाई बुधबार चेकजाँच गरी गाउँ ल्याइने तयारी रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार