• आइतबार, साउन २४ २०८३

कारागारमा बम विष्फोट, कम्तीमा ८ जनाको मृत्यु


बिहिबार, कार्तिक ३ २०७९
775
Shares

म्यानमारको याङ्गुनस्थित कुख्यात इन्सेन कारागारमा शक्तिशाली विस्फोट भएको छ । जसमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार बुधबार बिहान कारागारको प्रवेशद्वारमा दुईवटा पार्सल बम विस्फोट हुँदा तीन जेल कर्मचारी र पाँच आगन्तुकको मृत्यु भएको हो।

इन्सेन जेल देशकै सबैभन्दा ठुलो जेल हो, जसमा करिब १० हजार कैदी छन् । कारागारमा धेरै राजनीतिक बन्दी पनि छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। 

अधिकारीहरूले पनि आक्रमणमा १८ जना घाइते भएको पुष्टि गरेका छन् । कारागारका कर्मचारी बाहेक मारिएका पाँच जना महिला थिए, जो कैदीहरूलाई भेट्न आएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार