• मंगलबार, भाद्र २ २०८३

लकडाउनलाई कडाइका साथ लागू गर्न गृह मन्त्रालयको निर्देशन


सोमबार, बैशाख १५ २०७७
970
Shares

गृह मन्त्रालयले लकडाउनलाई थप कडाइका साथ लागू गर्न निर्देशन दिएको छ।

सोमबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै पासबिनाका सवारीसाधनको आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो।

काठमाडौँ उपत्यका, प्रदेश सदरमुकाम, जिल्ला सदरमुकामहरुमा बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्धारका लागि केही दिन सवारीसाधनलाई साँझको समयमा अनौपचारिक रुपमा केही खुकुलो गराइएको थियो।

पछिल्ले एक हप्तामा अलपत्र सबैको उद्धार भइसकेको ठहर गर्दै सोमबारबाट सवारीसाधन सञ्चालनमा रोक लगाएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

सवारीसाधनमा हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्ताउन सक्ने भएकोले कडाइ गरिएको गृहको दावी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार