• आइतबार, साउन २४ २०८३

यस्तो छ आजको मौसम पूर्वानुमान !


बिहिबार, कार्तिक ३ २०७९
5.4K
Shares

देशका अधिकांश स्थानको मौसम आज बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानसमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

अहिले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

बिहीबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार