• आइतबार, साउन २४ २०८३

घट्यो सुन र चाँदीको भाउ


बुधबार, कार्तिक २ २०७९
600
Shares

नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा सामान्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार २ सय रुपैयाँमा झरेको छ।

त्यस्तै तेजावी सुनको भाउ ९२ हजार ७ सय रुपैयाँमा झरेको छ। 

बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ। 


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार