• आइतबार, साउन २४ २०८३

सन्दीपलाई तेस्रोपटक थप ४ दिन थुनामा राख्न अदालतको अनुमति


बुधबार, कार्तिक २ २०७९
815
Shares

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।  बुधवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न म्याद दिएका हुन् । 

प्रहरी वृत गौशालाले उनलाई थप ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । सन्दीपका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको सो मागमा अब्जेक्सन जनाएका थिए । 

असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमित दिएका थिए । दोस्रोपटक २७ असोजमा ५ दिन म्याद थप गरिएको थियो ।  नाबालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

१७ वर्षीया किशोरीले आफुलाई सन्दीपले बलात्कार गरेको भन्दै भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् ।  न्यायाधीश दाहालले आइतबार अनुसन्धान प्रतिवेदन सहित सन्दीपलाई उपस्थित गराउन आदेश गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार