• आइतबार, साउन २४ २०८३

आज देशभरको मौसम कस्तो रहन्छ ?


बुधबार, कार्तिक २ २०७९
775
Shares

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

देशका अधिकांश स्थानको मौसम आज बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको छ।

अहिले हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा सामान्यतया सफा रहेको छ।

बुधबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार