• आइतबार, साउन २४ २०८३

गण्डकीका अनिशलाई म्याराथनमा स्वर्ण


मंगलबार, कार्तिक १ २०७९
885
Shares

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष म्याराथनको उपाधि गण्डकी प्रदेशका अनिश थापा मगरले जितेका छन् ।

भारतीय सेनामा कार्यरत अनिशले निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै गण्डकीलाई स्वर्ण दिलाए । नेपाली भूमीमा म्याराथनमा अनिशको पहिलो स्वर्ण हो ।

त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत हात पारे । कृष्णले २ घण्टा २३ मिनेट र १४ सेकेन्ड समय खर्चिए ।

यता नेपाल एपीएफ क्लबका सन्तोष विक्रम विष्टले कास्य जिते । सन्तोषले २ घण्टा ३० मिनेट र ५४ सेकेन्डमा दौडिदै कास्य जितेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार