• आइतबार, साउन २४ २०८३

सलोन बस्नेतको फिल्म ‘मीलन’को ट्रेलर सार्वजनिक (भिडिओ)


मंगलबार, कार्तिक १ २०७९
945
Shares

टेक पौरखी राईले निर्देशन गरेको फिल्म ‘मीलन’को ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरमा अभिनेता सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापाबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ।

फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, विशाल पहाडी, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करण थापा मगरलगायत कलाकारको अभिनय छ। कुशल र शिल्पा यसै फिल्मबाट डेब्यु गर्दैछन्।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्मको कथा निर्देशक राईले नै लेखेका हुन्। 

काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको फिल्मका निर्माता प्रविन थापा हुन्। राहुल राईले छायांकन गरेको फिल्मलाई तारा किम्बे थापाले सम्पादन गरेका छन्।

यो फिल्म तिहारको अवसर पारेर कात्तिक १८ गतेदेखि प्रदर्शन हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार