साँकेतिक तस्विर
गोरखा । मनकामना मन्दिरका पुजारी इन्सान थापाले दुई थान बन्दूक प्रहरीलाई बुझाएका छन् ।
लाइसेन्स लिएर तिन वटा बन्दुक राखेका पुजारी थापाले जिल्ला प्रहरी कार्यालय गोरखामा बन्दुक बुझाएका हुन ।
गत बैशाख ६ गते बेलुका शिकार खेलेको आरोपमा स्थानीयले एक बन्दुक सहित पुजारीलाई प्रहरीको जिम्मा लगाएपछि उनि विवादमा तानिएका थिए ।
सो लगत्तै प्रहरीले उनको साथमा भेटिएको टुटु राइफल जफत गरेको थियो ।
त्यसको झण्डै एक सातापछि पुजारी थापाले आफुसंग रहेका एकथान टुवेलवोरको राइफल र एकथान भरुवा बन्दूक प्रहरी कार्यालयमा बुझाएको एसपी ओम अधिकारीले जानकारी दिए ।
प्रहरीले उनलाई हतियार बुझाउन सम्झाइबुझाइ गरेपछि पुजारीले जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाएको एसपी अधिकारीले बताए ।
हस्तान्तरण गरिएको दुई हतियारको लाइसेन्स समेत रद्ध गरिएको उनको भनाई छ ।