गोरखा । एकीकरण नेपालको १४ औ वार्षिक साधारण सभा तथा ५ औ अधिवेशन सम्पन्न भएको छ । गोरखा सदरमुकाममा सोमबार सम्पन्न अधिवेशनबाट संस्थाको अध्यक्षमा मिलनसिंह बस्नेत चयन भएका छन् ।
संस्थाको उपाध्यक्षमा सिताराम तिवारी, सचिवमा बालकृष्ण लामिछाने, सहसचिवमा यदु प्रसाद अधिकारी र कोषाध्यक्षमा दुर्गा गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा होमकुमारी बजगाई, निरज कट्टेल, गोमा कोइराला, विमला अम्गाई ढकाल चयन भएको संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक हरि देवकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाले नेपाल अपाङ्ग महिला संघलाई २५ हजार, हिमाली क्षेत्र विकास केन्द्रलाई २५ हजार र आप्रवासी कामदार हकहित संरक्षण संजाललाई ३५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा बिभिन्न क्षेत्रमा याेगदान पुर्याउने सरकारी तथा गैरसरकारी संघसंस्थाका ब्यक्तिहरुलाई सम्मान समेत गरिएकाे थियाे ।
एकीकरण नेपालका अध्यक्ष कृष्णबहादुर कोइरालाको अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यता रहेकाे थियाे ।