• शुक्रबार, भाद्र २६ २०८३

सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा


मंगलबार, कार्तिक १ २०७९
755
Shares

सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ती सार्वजनिक गर्दै जोशीको निधनको शोकमा बिदा दिने निर्णय गरेको हो।

शताब्दी पुरुष जोशीको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, विदेशस्थित कूटनीतिक नियोगमा सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। शताब्दी पुरुष जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार