• आइतबार, साउन २४ २०८३

काठमाडौंमा डेरा सर्नेहरुको पीडा म्युजिक भिडिओमा


सोमबार, असोज ३१ २०७९
825
Shares

नेपाली फिल्म ‘के घर के डेरा’को शीर्ष गीत रिलिज गरिएको छ। फिल्मको सार्वजनिक गीतमा डेरा सर्दाको पीडा देखाउन खोजिएको छ। 

सुव्रतराज आचार्य र डीपी खनालले सयुक्त रुपमा लेखेको गीतमा शंकर थापा स्माइलीको संगीत र स्वर सुन्न सकिन्छ ।

गीतमा काठमाडौंमा डेरा नपाइने समस्या, महंगो भाडा, घरबभेटीको ‘किचकिच’, साँझ नपर्दै बन्द हुने गेट, खाने पानीको अभाव अनि काठमाडौंमा आफ्नै घरको परिकल्पना गर्ने मानिसको कथा भनिएको छ।

आगामी कार्तिक ४ गतेबाट रिलिजको तयारीमा रहेको यो फिल्ममा  दयाहाङ राई, विपीन कार्की, वर्षा राउत, सुरक्षा पन्तललगायतका कलाकारले अभिनय गरेका छन्। 

दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्म ‘के घर के डेरा’ मार्फत काठमाडौंमा घर बनाउने चाहने व्यक्तिले गर्ने संघर्ष र यसप्रतिको मोह भन्न खोजिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार