• आइतबार, साउन २४ २०८३

बुढीगण्डकी प्रोक परियोजनामा लगानी गर्न चिलिमे हाइड्रोपावर कम्पनीको प्रस्ताव


सोमबार, असोज ३१ २०७९
895
Shares

गाेरखा । बुढीगण्डकी प्रोक जलविद्युत परियोजनामा लगानी गर्न नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीले लगानी बोर्डसमक्ष प्रस्ताव गरेको छ।

नदी प्रवाही (रन अफ द रिभर) प्रकृतिको बुढीगण्डकी प्रोक जलविद्युत परियोजनाको क्षमता ८१ मेगावाट रहेको छ।

बोर्डमा लगानी स्वीकृतिका लागि पेस भएको प्रस्ताव अनुसार बुढीगण्डकी प्रोकको लागत १६ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ रहने अनुमान छ । बुढीगण्डकी प्रोक जलविद्युत परियोजनाको परियोजनास्थल गोरखामा पर्छ।

चिलिमेको २२.१ मेगावाटको चिलिमे जलविद्युत परियोजना सञ्चालनमा रहेको छ र सो कम्पनीको अगुवाईमा विभिन्न कम्पनीहरूमार्फत् अतिरिक्त १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावटको (माथिल्लो) सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत परियोजनाहरू निर्माणाधीन रहेका छन्।

बुढीगण्डकी प्रोक विद्युत गृहदेखि नजिकको सबस्टेशनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार