• आइतबार, साउन २४ २०८३

भिमसेन थापा ८ मा ‘तेस्रो महादेवटार फुटबल कप’ प्रतियोगीता हुने


सोमबार, असोज ३१ २०७९
1K
Shares

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका ८ महादेवटारमा ‘तेस्रो महादेवटार फुटबल कप’ प्रतियोगीता हुने भएको छ ।

कात्तिक १२ गतेदेखि प्रतियोगीता हुने क्लवका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए । उक्त फुटबल प्रतियागितामा प्रथम हुनेलाई एक लाख नगद पुरस्कार ट्रफि, मेडल र प्रमाण पत्र द्धितिय हुनेलाई नगद रु ५० हजार मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडी, गोल रक्षककालागि पनि आकर्षक पुरस्कार रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । सेभेन ए साईड हुन लागेको उक्त प्रतियोगितामा १० जना खेलाडी र एक जना कोच सहभागी हुने श्रेष्ठले बताए ।

खेलमा सहभागी हुन चाहने टिमले कात्तिक ५ देखि ११ गते दिउसो ४ बजेसम्म टिम दर्ता गराउन सक्ने क्लबले जनाएको छ । दर्ता शुल्क ९ हजार ५ सय कायम गरिएको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार