• आइतबार, साउन २४ २०८३

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


सोमबार, असोज ३१ २०७९
900
Shares

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको हो। आइतबार सुन प्रतितोला एक हजार रुपैयाँ घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। 
आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार