• आइतबार, साउन २४ २०८३

जबर्जस्ती करणी उद्योगमा पक्राउ परेका बस्नेतलाई दोस्रो पटक १० दिन म्याद थप


सोमबार, असोज ३१ २०७९
755
Shares

गोरखा । जबर्जस्ती करणी उद्योगमा पक्राउ परेका गोरखा नगरपालिका ५ स्वाँराका जीवनकुमार बस्नेत (पवन) लाई प्रहरीले थप अनुसन्धान गर्न भन्दै दोस्रो पटक म्याद थप गरेको छ ।

एक महिलालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा महिलाले प्रहरीमा उजुरी गरेपछि उनी १० दिनअघि पक्राउ परेका हुन् । आईतवार १० दिनको म्याद सकिएपछि अनुसन्धानका लागि जिल्ला अदालतबाट दोस्रो पटक १० दिन म्याद थप भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

नेत्रहिन संघ गोरखाका अध्यक्ष समेत रहेका बस्नेतले श्रमिक महिला माथि गत असार ८ गते जवरजस्ती करणीको प्रयास गरेको उजुरी महिलाले प्रहरीमा दिएकी छिन् । उक्त घटना लेनदेनमा मिलाउन प्रयास गरिएको र आफुलाई न्याय खोज्नबाट बञ्चित गराएको भन्दै ती महिलाले मुद्धा दर्ता गर्न ढिला हुन पुगेको बताएकी छिन् । तत्कालिन समयमा टोलमा, वडामा, महिला सेलमा र नगरपालिकामा पनि उनले उजुरी गरेको बताईन् ।

जवरजस्ती करणी उद्योगको घटनामा मिलापत्र गर्ने गरी छलफल चलाइएको उनको गुनासो थियो । अन्ततः महिलाले प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी हुन् ।

महिलासंग सम्बन्धित संवेदनशील घटना छलफल र लेनदेनमा टुङ्ग्याउन नमिल्ने हुँदा यसमा संलग्नहरुलाई पनि कानुनी कारवाही हुने प्रावधान रहेको कानूनका जानकारहरुको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार