गोरखा । कोरोना भाइरसको रोकथाम र लकडाउनका पिडितलाई राहत वितरण लगायतमा ब्यस्त रहेका जिल्लाका सरोकारवालाविच सर्वपक्षिय बैठक सम्पन्न भएको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको बैठकमा जिल्लाका स्थानीय तहका प्रमुख, राजनीतिक दल, सरकारी निकायका प्रमुख, नागरिक समाज लगायतको उपस्थितीमा बिभिन्न निर्णय भएका छन् ।
बैठकले अन्य जिल्लामा अलपत्र बनेका गोरखावासीलाई घर ल्याउने वातावरण बनाउने, पुर्ननिर्माणको काम अघि बढाउने, यूरिया मलको वितरणलाई ब्यवस्थित बनाउने, धार्मिक एवं अन्य सभा समारोह रोक्ने, गोरखा अस्पताललाई कोभिड १९ को उपचारका लागि थप स्रोत साधन सहित सुविधा सम्पन्न बनाउने निर्णय भएकाे बताइएकाे छ ।
त्यस्तै कृषि उत्पादन जन्य कार्य नरोक्ने, बाहिरबाट ल्याइएका ब्यक्तिलाई मास क्वारेन्टिनमा राख्ने ब्यवस्था मिलाउने, रेविज संक्रमणको रोकथामका लागि आवस्यक प्रकृया अघि बढाउने लगायतका निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हर्क रोकाले जानकारी दिए ।
त्यस्तै बैठकले निजी आवास पुर्ननिर्माणको कामलाई समेत निरन्तरता दिनका लागि आवस्यक प्रकृया अघि स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
हेर्नुस निर्णयहरु ः




