गोरखाको पालुङटारमा तीन जिल्लाका सुरक्षा समितिको पदाधिकारीको बैठक सम्पन्न भएको छ । शुक्रबार गोरखा, तनहुँ र लमजुङका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा समितिका पदाधिकारीको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको हो ।
उक्त बैठकले तीन जिल्लाको भूमि प्रयोग गरी शान्ति, सुरक्षालाई प्रभावित गर्न सक्ने परिस्थितिलाई नियन्त्रण गर्न अपनाउन सकिने उपायहरुका बारेमा छलफल भएको थियो । साथै आसन्न निर्वाचनलाई लक्षित गरी शान्ति सुरक्षा कसरी सुदृढ पार्न सकिन्छ भन्ने बारेमा पनि छलफल भएको थियो ।