• आइतबार, साउन २४ २०८३

एकै परिवारका तीन जनाको बीभत्स हत्या


बिहिबार, असोज २७ २०७९
690
Shares

बारा । बारामा एकै परिवारका तीन जनाको बीभत्स हत्या भएको छ।

प्रसौनी गाउँपालिका ५ प्रस्टोकास्थित खोला किनारमा आमा र दुई छोराछोरीको शव फेला परेको हो।

प्रस्टोका गाउँदेखि करिब दुई किलोमिटर टाढा रहेको ढोरा खोलामा स्थानीय दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता, तीन वर्षीया छोरी ताहिरा र १६ महिनाको छोरा राजविरको हत्या गरी फालेको अवस्थामा शव भेटिएको बारा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तीनै जनाको विभत्स हत्या गरिएको छ। प्रहरीले दीपेन्द्रलाई घाइते अवस्थामा फेला पारेको छ। उनलाई उपचारका लागि वीरगन्जस्थित एलएस न्युरो लगिएको बताइएको छ।

प्रहरीले घटनामा दीपेन्द्रकै संलग्नता रहेको आशंका गरेको छ। श्रीमती र छोराछोरीको हत्या गरी भाग्ने क्रममा दीपेन्द्र घाइते भएको हुनसक्ने प्रहरीको भनाई छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार