• आइतबार, साउन २४ २०८३

गण्डकी प्रदेश स्तरीय भलिवल प्रतियोगितामा करिब साढे १६ लाख रुपैया खर्च


बुधबार, असोज २६ २०७९
890
Shares

गोरखा । भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ बोर्लाङमा भएको गण्डकी प्रदेश स्तरीय अन्तरजिल्ला खेलकुद प्रतियोगिता करिब साढे १६ लाख रुपैया खर्च भएको छ ।

बोर्लाङ खेलकुद बिकास समितिको आयोजनामा असोज १२ गतेदेखि १६ गतेसम्म भएको खेलमा १६ लाख ३८ हजार ६२० रुपैया खर्च भएको हो । समितिले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा भएको खर्च बिबरण सार्वजनिक गरेको हो ।

प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश अन्तर जिल्ला पुरुष र महिला भलिवल ,भीमसेन थापा गाउँपालिका भित्रका वडास्तरीय पुरुष भेट्रान्स् प्रतियोगिताको पुरस्कार बापत ४ लाख ६२ हजार २ सय रुपैया खर्च भएको समितिका अध्यक्ष निराजन श्रेष्ठले जानकारी दिए । भने बाकी रकम अफिसियल खर्च, मेस लगायतको शिर्षकमा खर्च भएको समितिका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगिता सञ्चालनका लागि भीमसेन थापा गाउँपालिकाले ३ लाख रुपैया, भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ ले २ लाख ५० हजार, वडा नम्बर ८ ले ५० हजार, स्वदेश तथा बिदेशमा रहेको खेलप्रेमीले ८ लाख ४५ हजार ९ सय २० रुपैया आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष श्रेष्ठले बताए ।

गोरखा समाज मेरिल्याण्ड, ग्लोबल गोरखा समाज, कतारमा रहेका गाउँपालिकाबासीहरुले पनि आर्थिक सहयोग प्रदान गरेका थिए । प्रतियोगिता सञ्चालनका लागि लागि कुल अहिलेसम्म १३ लाख ४५ हजार ९२० रुपैया संकलन भएको र प्रतिबद्धता जनाएका मध्ये १ लाख ३४ हजार ३४४ रुपैया उठ्न बाँकी रहेको श्रेष्ठले जानकारी दिए ।

उठ्न बाँकी रकम बाहेक कार्यक्रम सम्पन्न गर्दा १ लाख ५८ हजार ३५६ रुपैया रकम अपुग रहेको छ । अपुग रकम आउदोँ तिहारमा देउसी भैलो कार्यक्रम गरेर उठेको रकमबाट पुरा गर्ने सम्मेलनमा जानकारी दिएको छ ।

भीमसेन थापा गाउँपालिका गाउँपलिकाका अध्यक्ष लोकप्रसाद बन्जरा, वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठ, वडा नम्बर ८ का वडाध्क्ष बिष्णुकमार श्रेष्ठ, समाजसेबीलगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार