गोरखा । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्वर ५ को मास्कीछाप स्थित आहालडाँडाको खेलमैदानमा प्रथम सिद्ध लखन कप खुल्ला फुटवल प्रतियोगीता हुने भएको छ ।
सोरठी सक्रिय युवा क्लबको आयोजनामा कात्तिक २ गतेबाट प्रतियोगीता हुन लागेको हो । उक्त फुटबल प्रतियागिताको उद्घाटन शहिद लखन गाउँपालिकाका प्रमुख रमेश थापा मगरले गर्ने क्लबले जनाएको छ ।
खेलमा प्रथम हुनेलाई ६० हजार नगद पुरस्कार ट्रफि, मेडल र प्रमाण पत्र द्धितिय हुने लाई नगद रु ३५ हजार र शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले पनि नगदको साथमा ट्रफि र प्रमाण पत्र पाउने छन् ।
प्रतियोगीतामा सहभागी हुने टिमले कात्तिक २ गते दिउँसो १२ बजेभित्र टिम दर्ता गराइसक्नुपर्ने बताइएको छ । दर्ता शुल्क ६ हजार कायम गरिएको आयोजकले जनाएको छ ।