रोट्र¥याक्ट क्लब अफ गोरखाले गोरखा नगरपालिकालाई नगद ३० हजार सहयोग गरेको छ ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले एक महिनाअघिदेखि गर्दै आएको लकडाउनका कारण दैनिक जिविकामा समस्या परेका नागरिकलाई राहत वितरणका लागि भन्दै क्लबले तिस हजार सहयोग गरेको बताएको छ ।
सहयोग रकम बराबरको चेक क्लबका अध्यक्ष बिपिन पोखरेलले आइतबार नगरप्रमुख राजनराज पन्तलाई हस्तान्तरण गरेको उपाध्यक्ष समिर श्रेष्ठले बताए ।
हाल विश्वभर फैलिरहेको कोभिड १९ महामारीको यो विपद घडीमा गरिब तथा ज्याला मजदुरी गरी खाने बासिन्दालाई राहात उपलब्ध गराउन नगरपालिकाको प्रयासलाई थप उर्जा प्रदान गर्न सहयोग रकम हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।