• आइतबार, साउन २४ २०८३

डा. दिव्य सिंह शाह भन्छिन्, ‘खराब खानपानले मिर्गौलामा समस्या हुन्छ’


बुधबार, असोज २६ २०७९
1.3K
Shares

MELBOURNE, AUSTRALIA - MARCH 06: Junk food sits on a table as British Celebrity Chef Jamie Oliver announces a partnership to attack state-wide obesity on March 6, 2012 in Melbourne, Australia. The Victorian Government and the Good Foundation will pledge together over AUD5 million to bring Oliver's 'Ministry of Food' to the state to help teach cooking techniques and nutrition to participants and help combat obesity as part of the Victorian Healthy Eating Enterprise. (Photo by Scott Barbour/Getty Images)

मानव शरीरको महत्त्वपूर्ण अङ्गहरू मध्येको एक हो मिर्गौला । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ ।

मिर्गौलाले हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थलाई सन्तुलित बनाएर राख्छ ।

मिर्गौलाले राम्ररी काम गर्न सकेन भने शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निस्कन पाउँदैन । आखिर किन मिर्गौलाले राम्ररी काम गर्न सक्दैन ? किन मिर्गौला खराब हुन्छ ?

हरेक रोगहरूको जड खरब खानपान भनिन्छ । मिर्गौलाको समस्यामा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खानपानको सम्बन्ध हुन्छ ।

खासगरी उच्च रक्तचाप र मधुमेह जस्ता रोगको कारण मिर्गौला खराब हुने गर्छ । उच्च रक्तचाप र मधुमेहको एक प्रमुख कारण खानपान नै हो । त्यसैले मिर्गौला फेल हुनको अप्रत्यक्ष कारण खानपान भएको मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह बताउँछिन् ।

खानपान र जथाभाबी औषधीको सेवनले मिर्गौलामा असर

अधिक मात्रामा प्रोटिन भएको खानेकुरा जस्तै माछा मासु, दूध, गेडागुडी, तोफुको अत्यधिक सेवनले मिर्गौलाको समस्या निम्ताउन सक्छ । कम पानी पिउने र कोक फन्टा जस्ता गुलिया पेय पदार्थको बढी सेवनले मिर्गौलाको समस्या निम्ताउन सक्ने शाही बताउँछिन् । ‘नेपाल लगायत विश्व भरि नै मिर्गौला फेल हुने  मुख्य कारक मधुमेह हो । मधुमेह र उच्च रक्तचापको मुख्य कारण अव्यवस्थित जीवनशैली र खानपान हो ।’

कृतिम गुलियो पेय पदार्थ, भुटेको तारेको खानेकुरा, फस्ट फुड, जङ्क फुड आदिले मधुमेह र उच्च रक्तचाप बढाउँछ र मिर्गौलामा पनि समस्या निम्ताउन सक्छ । त्यसको साथै मद्यपान, धूम्रपान पनि मिर्गौलाको समस्या निम्ताउने कारक हो । चाडबाडको बेलामा त झन् धेरै मद्यपान गर्ने चलन छ यसले पनि मिर्गौलामा समस्या निम्ताउन सक्ने उनी बताउँछिन् ।

जथाभाबी जडीबुटी, भस्महरूको सेवनले पनि मिर्गौला बिगार्न सक्छ । जथाभाबी पेनकिलर र यान्टिबायोटिकको सेवनले मिर्गौलामा असर पुग्छ । कसैलाई औषधीको एलर्जीको कारणले पनि मिर्गौला खराब हुन सक्ने डा. शाहीले बताइन् ।

मिर्गौला स्वास्थ्य बनाउने खानपान

– प्रशस्त मात्रामा पानी पिउने ।

– सबै प्रकारका पौष्टिक पदार्थ कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन र खनिज पदार्थ ठिक्क परिणाममा पाइने हिसाबले सन्तुलित खाना खाने ।

– साग, तरकारी, ताजा फलफूल, दाल, गेडागुडी ठिक परिमाणमा दैनिक भोजनमा समावेश गर्ने ।

– बढी चिल्लो भएको भुटेको तारेको खानेकुरा कम खाने ।

– बजारमा पाइने क्यान जुस, कोक फन्टा जस्ता पेय पदार्थको सेवन गर्नु भन्दा फलफूलको सेवन गर्ने ।

– बट्टामा तथा प्याकेटमा प्याक भएको खानेकुरा कम खाने ।

– मैदा तथा मैदाजन्य खानेकुराहरू नखाने ।

–  डाक्टरको सल्लाह बिना जथाभाबी पेनकिलर र यान्टिबायोटिकको सेवन नगर्ने ।

– रक्सी चुरोटको सेवन नगर्ने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार