• शुक्रबार, भाद्र २६ २०८३

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


बुधबार, असोज २६ २०७९
715
Shares

बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

 सुन प्रतितोला ९४  हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मंगलबारको तुलनामा दुई सयले बढि हो।

मंगलबार सुन प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला एक हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार एक हजार दुई सय १५ रूपैयाँमा कारोबार भइरहेको थियो। चाँदी १५ रूपैयाँ सस्तो भएको हो। 

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ७७ डलरमा कारोबार भइरहेको छ।


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार