• आइतबार, साउन २४ २०८३

पाच दिनदेखि बेपत्ता पर्यटक गाइड मृत भेटिए


मंगलबार, असोज २५ २०७९
800
Shares

गोरखा । पाच दिनदेखि हराइरहेका पर्यटक गाइड सामागाउँकाे धर्मशालानजिकै मृत भेटिएका छन् ।

सोलखुम्बु घर भएका ३८ वर्षीय पुस्तर(पुछेत्तर) शेर्पाको शव मंगलबार दिउसो ११ बजे चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित धर्मशालानजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

असोज २० गते हिमालयन ट्रेक नामक एजेन्सीबाट गएका चारमध्ये दुई फ्रान्सेली नागरिक लार्के पास गरी मनाङतर्फ गएका थिए भने सोलखुम्बु घर भएका शेर्पा सम्पर्कविहीन बनेका थिए । उनीसँगै गएका अर्का पोर्टर भने सामागाउँबाट फर्किएका छन् । लगातारको हिमपातले शेर्पा फसेको हुनसक्ने अनुमान गरिएको छ ।

शेर्पाको शव मंगलबार नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पातल महाराजगंज काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार