• आइतबार, साउन १० २०८३

नाफानले ग¥यो राक्सिराङ्ग गाउँपालिकालाई एक लाख रकम सहयोग


आइतबार, बैशाख १४ २०७७
835
Shares

राष्ट्रिय जनवकालत मञ्च (नाफान) नामक गैरसरकारी संस्थाले मकवानपुरको राक्सिराङ्ग गाउँपालिकालाई नगद एक लाख सहयोग गरेको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले एक महिनाअघिदेखि गर्दै आएको लकडाउनका कारण दैनिक जिविकामा समस्या परेका नागरिकलाई राहत वितरणका लागि भन्दै संस्थाले एक लाख सहयोग गरेको बताएको छ ।

नाफानले आइतबार गाउँपालिकालाई पत्राचार गरी बैंक मार्फत एक लाख रुपैया सहयोग गरेको जानकारी गराएको हो ।

संस्थाका अध्यक्ष तुलसी देवकोटाद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ‘हाल विश्वभर फैलिरहेको कोभिड १९ महामारीको यो विपद घडीमा गरिब तथा ज्याला मजदुरी गरी खाने बासिन्दालाई राहात उपलब्ध गराउन गाउँपालिकाको प्रयासलाई थप उर्जा प्रदान गर्न एक लाख सहयोग गराइएको छ ।’

गाउँपालिकाले यसअघि स्थापना गरेको विपद ब्यवस्थापन कोषमा नगद जम्मा गरेको समेत संस्थाले जनाएको छ ।

नाफानले करिब एक बर्षअघिदेखि सो गाउँपालिकाको वडा नम्बर ६, ७, ८ र ९ मा प्राकृतिक स्रोत ब्यवस्थापन तथा जिविकोपार्जन सुधारका लागि समुदायमा आधारित संगठनहरुको सवलीकरण कार्यक्रम सञ्चालन गर्दै आएको समेत पत्रमा उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार