• शनिबार, साउन ३० २०८३

नेपाल अपडेट: आरडीटीमा काेराेना पोजेटिभ देखिएकी युवतीको मृत्यु


आइतबार, बैशाख १४ २०७७
945
Shares

कोरोना संक्रमण आशंकामा र्‍यापिड डायग्नस्टिक (आरडिटी) किटबाट रगत परीक्षण गर्दा लगातार तीनपटक पाेजिटिभ देखिएकी वीरगन्जकी एक युवतीको मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटिका टोलकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो।

आरडीटी परीक्षणमा लागातार तेस्रो रिपोर्ट पोजेटिभ देखिएको ती युवती ब्लड क्यान्सर रोगबाट पनि पीडित थिइन्। उनको भरतपुर अस्पतालमा उपचार भइरहेकोथियो।

शनिबार बिहानैदेखि युवतीको स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले उनलाई वीरगञ्जमै रहेको तराई हस्पिटलमा लगेका थिए। युवतीको कारोना टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएपछि नारायणी अस्पतालका चिकित्सकको टोली त्यहाँ पुगेको थियो।

लगत्तै सो टोलीले पनि युवतीको आरडिटी टेष्ट गर्दा पोजेटिभ नै देखिएको थियो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार