• आइतबार, साउन २४ २०८३

ऋचा शर्मा अभिनित फिल्म ‘कौसिद’ पुस १५ देखि प्रदर्शन हुने


सोमबार, असोज २४ २०७९
815
Shares

अभिनेत्री ऋचा शर्मा अभिनित फिल्म ‘कौसिद’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

निर्माताका अनुसार फिल्म आगामी पुस १५ गतेबाट प्रदर्शनमा आउने छ।

केही समय अगाडि नै प्रदर्शन मिति तोकिएको फिल्म विविध कारणले रोकिएको थियो।

अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको फिल्मलाई कुमार भास्करले निर्देशन गरेका हुन्। 

ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्ममा अहिलेको समय र परिस्थितको वास्तविकता चित्रण गरेको छ।

बड पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराईलगायत कलाकारको अभिनय छ। फिल्मका निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन्।

निसल पौडेलले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङ र भीम विश्वकर्माले सम्पादन गरेका हुन्। फिल्मको वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार