• आइतबार, साउन २४ २०८३

पहिरोले ध्यान केन्द्र पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु


सोमबार, असोज २४ २०७९
835
Shares

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मा पहिरोले ध्यान केन्द्र पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुरिंदा ३ जनाको मृत्यु भएको वडाध्यक्ष भाइकृष्ण तामङले जानकारी दिए।

मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेको उनले जानकारी दिए।

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार