• शुक्रबार, भाद्र २६ २०८३

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


सोमबार, असोज २४ २०७९
695
Shares

सोमबार सुनचाँदीको मूल्य घटेको छ। 

सोमबार सुन प्रतितोला ९५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो आइतबारको तुलनामा ८ सयले कम हो। आइतबार सुन प्रतितोला ९६ हजार रूपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, आइतबारको तुलनामा चाँदीको मूल्य पनि प्रतितोला २५ रूपैयाँले घटेर सोमबार एक हजार दुई सय ३० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी एक हजार दुई सय ५५ रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ८७ रूपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार