• शुक्रबार, भाद्र २६ २०८३

शनिबार खुल्दै आएको विद्युत महसुल काउन्टर प्राधिकरणले बन्द गर्‍यो


सोमबार, असोज २४ २०७९
630
Shares

File Photos: THT

नेपाल विद्युत प्राधिकरणले महसुल संकलन गर्ने काउन्टर शनिबार नखोल्ने भएको छ।

भिडभाड कम गर्न भन्दै प्राधिकरणले शनिबार पनि काउन्टर सञ्चालन गर्दै आएको थियो।

शनिबार सञ्चालन हुँदै आएको महसुल संकलन काउन्टर असोज ११ को निर्णयअनुसार कात्तिक १ गतेदेखि बन्द गरिने प्राधिकरणले जनाएको छ।

शनिबार काउन्टर खोलिराख्न आवश्यक नदेखिएकोले बन्द गर्ने निर्णय गरिएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचना निकालेर जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार