• आइतबार, साउन २४ २०८३

पहिरोमा पुरिएर २२ जनाको मृत्यु, ५० बेपत्ता


सोमबार, असोज २४ २०७९
870
Shares

मध्य भेनेजुएलामा गएको एउटा पहिरोमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

देशमा भारी वर्षापछि एउटा नदीको प्रवाह बढ्दा देशमा पछिल्लो विपत्ति परेको अधिकारीहरूले बताएका छन् ।

ऐतिहासिक रूपमा उच्च वर्षाको परिणाम स्वरूप सङ्कटग्रस्त दक्षिण अमेरिकी राष्ट्रमा हालैका महिनाहरूमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । 

हामीले यहाँ धेरै ठुलो मानवीय क्षति देखिरहेका छौँ । अहिलेसम्म हामीले २२ जनाको मृत्यु भएको फेला पारेका छौँ । त्यहाँ ५२ जनाभन्दा बढी व्यक्ति बेपत्ता छन्’, उपराष्ट्रपति डेल्सी रोड्रिगेजले भने ।

बाढीले दर्जनौँ घर तथा व्यवसाय ध्वस्त भएका छन्  भने रुख, माटो र भग्नावशेषले सडक ढाकिएको छ । करिब एक हजार मानिस उद्धार कार्यमा सामेल भएका आन्तरिक र न्याय मन्त्री रेमिगियो सेबालोसले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार